काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८