काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् ।
भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन बर्ष अघि प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्डको बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।
डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आईएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए। पछि फाइनान्स बैंकसंग मर्ज भएपछी बैंक हुँदै ४ बर्ष आईएमई मोटर्स बिरगंजको प्रमुख समेत भएर काम गरीसकेका छन् ।
सरकारी जागीर छोडेर बैङ्किङ सेवातिर लागेका उनको बैंकिङ्ग र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राहेको छ। त्रिभुवन बिश्वविद्यालयबाट अर्थशात्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलपमेन्ट कलेज (म्यान) बाट एमबीए समेत गरेका छन् ।
आइएमई ग्रुप अन्तर्गतको वित्तिय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोवार गर्न इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्ब भन्दा बढी लगानी गरेको छ।
लगातार ४ बर्ष देखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आईपिओ समेत निस्कासन गर्ने तयारीमा रहेको बुझिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८