काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले साधारण सेयर आईपीओ आजदेखि निष्कासन गरेको छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरिएको छ । उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा खानी उत्खनन् प्रभावित पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।
रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ का स्थानीयले पनि आवेदन दिन सक्नेछन् । यस्तै कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका स्थानीयले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ २५ गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
उद्योग प्रभावित क्षेत्रका स्थानीयले नवलपरासी जिल्लाको ग्लोबल आइएमई, लक्ष्मी सनराइज, शाइन रेसुङ्गा डेभलपमेन्ट, गरिमा विकास र मुक्तिनाथ विकास बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।
खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पाका स्थानीयले ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
बैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८