काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोनाम ल्होसारजस्ता चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने बताएका छन्।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले सोनाम ल्होसारले समुदाय, समाज र देशमा सामाजिक एकता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, सम्मान र सद्भाव कायम गर्ने उल्लेख गरेका छन्।
गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उनको भनाइ छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८