काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ।
दुर्घटनामा भीमदत्त नगरपालिकाको खगेश्वरी खाती, वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, वडा नम्बर २ का सुदीप भट्ट, वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारी र १६ वडा नम्बरका वर्षीया सञ्जु थापाको मृत्यु भएको हो।
कञ्चनपुरकै पुनर्वास नगरपालिका ९ बिसफाटाकी विमलादेवी भट्ट र किसन भट्टको पनि मृत्यु भएको छ। दुर्घटनामा रौतहट औराही– ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान घर भई कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमानले पनि ज्यान गुमाएका छन्।
सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प– प्र–०२९००१ ख ००९८ नम्बरको बस गएराति १ बजे बाटोबाट २०० मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका ३० जनामध्ये ९ जनाको बुटवलमा उपचार भइरहेको छ। अन्यको उपचार स्थानीय अस्पतालमा भइरहेको कपिलवस्तु प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८