काठमाडौं। शिखर इन्सुरेन्सले चैत ९ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको को छ। सभा शिखर इन्सुरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले लभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएको हो। यसअघि नै सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहका विषयमा पनि छलफल हुनेछ।
साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चनबाट छनौट गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ।
फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन्। फागुन २५ र २६ गते क्रमशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार भने हुँदैन।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८