काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले चैत १६ गतेलाई बोलाएको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो।
स्थगित भएको सभा अब कहिले गर्ने भनेर अहिले नै सार्वजनिक गरिएको भने छैन। यसअघि सभा युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको थियो। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत रहनेछ। साथै, सर्वसाधरण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको रिक्त रहेको पदमा बाँकी अवधिको लागि सञ्चालक नियुक्ति गर्ने एजेन्ड छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते नै बुक क्लोज गरिसकेको छ। त्यसैले, फागुन २३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८