काठमाडौँ। मन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताएकी छन्।
आज (शनिबार) दशरथ रंगशालामा राइट टु प्रोटिन नामक म्याराथन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार भएको बताइन्।
उनले विविधताको एकता कायम गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक वृद्धिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षालाई पूरा गर्न आवश्यक रहेको पनि बताइन्। उनले राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरिन्।
उनले प्रोटिनजन्य खाद्यपदार्थहरु जस्तै दुध, माछा, मासु, अण्डा, गेडागुडी, आदिको हिस्सालाई उल्लेख्य वृद्धि कुपोषणको समस्या निराकरणको प्रमुख आधार भएको बताइन्। उनले भनिन्, ‘स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार हुन्।
विविधताको एकतामा कायम गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक वृद्धिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षालाई पूरा गर्दै राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको छ। यसको लागि सन्तुलित आहारको उपलब्धता, पहुँच र दिगोपन अत्यन्त महत्वपूर्ण हुन्छ।
प्रोटिनजन्य खाद्यपदार्थहरु जस्तै दुध, माछा, मासु, अण्डा, गेडागुडी, आदिको हिस्सालाई उल्लेख्य वृद्धि कुपोषणको समस्या निराकरणको प्रमुख आधार हो।’
मन्त्री साहले सरकार जनताको सन्तुलित आहार प्राप्त गर्ने अधिकारप्रति संवेदनशील रहेको उल्लेख गरिन्।
मन्त्रालयले प्रोटिनजन्य पदार्थहरू माछामासु, दुध तथा गेडागुडीको उत्पादन, वितरण तथा उपलब्धताको सर्वसुलभ पहुँचप्रति विशेष सहजीकरण र सरकारका नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्दै आएको समेत बताइन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८