काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली पर्व) ले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन भूमिका खेल्ने बताएका छन्।
राष्ट्रपति पौडेलले फागुपूर्णिमाका अवसरमा शुभकामना दिँदै रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताएका छन्। यो पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
‘होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु’, उनको शुभकामना सन्देशमा उल्लेख छ।
राष्ट्रपति पौडेलले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीति निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्धन गर्न प्रेरणा प्रदान गर्ने बताएका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८