काठमाडौं। आज चैत ११ गते (सोमबार) फागु पूर्णीमा। प्रत्येक शुक्ल पूर्णिमामा फागु पूर्णीमा होली मनाइँन्छ। काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा हर्षोल्लहासका साथ मनाइँदै छ। आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो।
काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्।
भोली मंगलबार तराइ तथा मधेस क्षेत्रमा होली मनाइँदै छ। पहिले पहाडी क्षेत्रमा होली खेल्ने चलन थिएन तर अहिले सबै क्षेत्रमा खेल्न थालिएको छ।
आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धासम्मले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठा मिठा परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लाहसका साथ मनाइने गरिन्छ।
हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन्। रङ लगाउँदा भागदौड भएछ। यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ। अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ। त्यसैगरी, किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए। उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे। उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त पनि थिए।
हिरण्यकश्यपु आफुले आफुलाई बलवान ठाँन्दथे। तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवानको आराधाना गर्दथे। त्यो कुरा उनले सहन सकेनन् जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए। अन्तत उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए।
तर, अग्नि बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन। उल्टै होलीका भने भस्म भइन्। हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ।
यसका साथै, काठमाडौंमा होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी प्रहरी खटाइएको छ। अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन पाइने छैन्। यदि कसैले नियम विपरीत गरेमा तत्कालै कारबाही गरिने प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८