काठमाडौं। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा फोहोरी राजनीति नगर्न निर्देशन दिएका छन्। पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानको अवलोकन गर्ने क्रममा उनले क्रिकेट रंगशाला बनाउन राजनीति गर्न नहुने बताए।
उनले पोखराको क्रिकेट मैदानलाई कमनसेन्स लगाएर भएपनि बजेट दिनुपर्ने सुनाए। ‘राजनीति आफ्नो ठाउँमा होला, कमसेकम कमनसेन्स पनि चाहियो के,’ उनले भने।
क्रिकेट मैदानबारे प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी गराएका थिए। पूर्वाधारयुक्त मैदान बनाउन १ अर्ब ७७ करोड रुपैयाँको बृहत् गुरुयोजना निर्माण गरिएको छ। तर बजेट अभावका कारण निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। उनले त्यति धेरै बजेटको अपेक्षा सङ्घले नगरेको बताए। ‘त्यत्रो पैसा हामीले आशै गरेका छैनौँ। अहिले नै बन्छ भन्ने पनि लागेको छैन,’ उनले भने, ‘क्यानले पूर्वाधारमा पैसा दिँदैन। अरूमा पनि
कसको मान्छे भनेर हरहिसाब गर्छन्।’
श्रेष्ठले रंगशालाभित्र रहको बहुउद्देश्यीय कभर्ड हलको पनि निरीक्षण गरे। कभर्डहललाई साउण्डप्रुफ बनाउने काम अघि बढाउन उनको निर्देशन छ। रंगशालामा रहेका फुटबल स्टेडियम, आर्चरी, टेनिस र स्वकास, मुवाथाइ प्रशिक्षण केन्द्र लगायतको निरीक्षण गरेका हुन्। उनले रंगशालामा रहेका संरचनाको संरक्षण नभएकोमा असन्तुष्टि जनाए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८