काठमाडौँ। ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा आयोजना हुने भएको छ। ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको अवार्ड आगामी सेप्टेम्बर २८ तारिखमा न्यूयोर्कमा आयोजना हुने भएको हो।
चलचित्रकर्मीलाई सम्मान पुरस्कार र सम्मान मार्फत प्रोत्साहन दिने उद्देश्यले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुँदै आएको आयोजक नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष अभिनेता कृष्ण मल्लले बताए।
एटिए एभरेष्ट इन्स्योरेन्स, एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनी, त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कको समेत सहकार्य अवार्डमा रहने ग्लोबल नेपाली फिल्म
अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए। कोलोराडो, सन् फ्रान्सिस्को र न्यूयोर्क गरेर ६ संस्करण सम्पन्न गरिसकेको अवार्डको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरूबिच प्रत्यक्ष साक्षात्कार, कलाकार र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन लगायतको रहेको छ।
नेपालबाट समेत विभिन्न कलाकर्मीको सहभागिता रहने अवार्डले संसारभर छरिएर रहेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने विश्वास रहेको मल्लले बताए।
अवार्डको लागि छनौट समिति छिट्टै गठन हुने र चलचित्र दर्ता प्रक्रिया समेत अगाडि बढ्ने आयोजक फिल्म सोसाइटीले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८