काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई पराजित गर्दै गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ।
घरेलु मौदान अहमदाबादमा भएको खेलमा गुजरातले मुम्बईमाथि ६ रनको जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमै ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। उसका लागि साइ सुदर्शनले ४५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै ऋद्दिमान साहाले १९ रन बनाउँदा कप्तान शुभमन गिलले ३१ रन बनाए।
मुम्बइका लागि जसप्रित बुमराहले ३ विकेट लिँदा जेराल्ड कोट्जेले २ र पियुष चावलाले १ विकेट लिएका थिए।
१ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले पछिल्लो क्रम सम्हालिन नसक्दा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रनमा समेटिएको थियो। मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ४६ रन बनाएका थिए भने रोहित शर्माले ४३ रन बनाउन सफल भए।
गुजरातका लागि अजमुल्लाहा ओमरजाइ, उमेश यादव, स्पेनसर जोनसोन र मोहित शर्माले समान २–२ विकेट लिए। आइतबार नै भएको अर्को खेलमा राजस्थान रोयल्सले लखनउ जायन्टलाई २० रनले पराजित गरेको थियो।
लिगमा आज रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किंग्सबिच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा बैंगलोर पराजित भएको थियो भने पञ्जावले पहिलो जित हासिल गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८