काठमाडौं। विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत हिजो (बिहीबार) साँझ भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिमले जित हात पारेको छ।
आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३–० ले हराएको हो। भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गरेर आफूलाई अग्रता दिलाएको थियो। त्यसपछि पनि अर्को गोल थपेर विभागीय टोलीलाई पाखा लगायो। खेल शुरु भएको ३६औँ मिनेटमा किन्ले ग्यालसेन, ४०औँ मिनेटमा सिद्धार्थ गुरुङ र ६३ औँ मिनेटमा किन्जाङ तेन्जिङले गोल गरेका थिए। खेलाडी तेन्जिङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ११ हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाइज, विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यूरोड कर्नर टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ भिड्ने छन्। साथै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको आरटीसी फुटबल क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्न विराटनगर आएका छन्।
सो गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आज त्रिभुवन आर्मी क्लब र (एनआरटी) बीच प्रतिष्पर्धा हुनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८