काठमाडौं । मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले चैत २९ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ।
सभा, रुपन्देहीको सिद्धार्थनगर-६ स्थित होटल पौवामा दिउँसो १ बजेबाट शुरु हुनेछ। लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश भने नदिने जनाएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते नै बुक क्लोज गरिसकेको छ।
सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आ.व.को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ।
तसर्थ, चैत १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन्। यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा पनि छ। गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भैसकेको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८