काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिको आज (आइतबार) बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरको ४ रुपैयाँले बढाउने निर्णय गरेको हो।
अब पेट्रोलको भाउ लिटरको १ सय ७५ रुपैयाँ पर्छ। भारतबाट बढेर आएकाले नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ। साथै डिजेलरमट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८