काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज (चैत १९ गते) नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ३१ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसैगरी, आज तेजावी सुन तोलाको १ लाख ३० हजार ९५० रुपैयाँ कायम भएको छ। यसअघि चैत १६ गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो।
यसका साथै, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १५ सय ३५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८