काठमाडौं। जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले एकआपसमा गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन्।
यी दुई कम्पनीले आइतबार (चैत १८ गते) मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका हुन्। बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ।
यस्तै, कैलालीको लम्कीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ।
यी दुई कम्पनीको मर्जरका लागि सेयर स्वाप रेसियो सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम हुनेछ। यी दुई कम्पनीले साउन ९ गते मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८