काठमाडौं। हिजो (सोमबार) रेकर्ड कायम गरेको सुनको मूल्य आज (मंगलबार) भने घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ३१ हजार २०० रुपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३० हजार ५५० रुपैयाँ कायम भएको छ। यसअघि हिजो (सोमबार) छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यसका साथै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३० हजार ९५० रुपैयाँ निर्धारण भएको थियो।
त्यसैगरी, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १५ सय ४५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १५ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८