काठमाडौं। विश्व बैङ्कले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा ३.३ प्रतिशतले वृद्धि हुने विश्व बैंकले अनुमान गरेको छ।
विश्व बैंकले मंगलबार ‘कन्ट्री डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै पर्यटन पुनरुत्थान र जलविधुत निर्यातको बढ्दो गतिले नेपालको अर्थतन्त्र डोर्याउने बताएको छ। साथै, विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोग समेत बढ्ने प्रक्षेपण गरेको छ।
नेपाल डेभलपमेन्ट अपडेटले आगामी आर्थिक वर्षमा भने नेपालको अर्थतन्त्र थप बलियो बन्दै ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ। यद्दपि, यो प्रक्षेपण बहुचुनौती सहितको रहेको विश्व बैंकले उल्लेख गरेको छ।
जसमा भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धिका कारण विप्रेषण र पर्यटनमा गिरावट आउन सक्ने उल्लेख छ। चुनौतीको सामना गर्नका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी रहेको छ।
पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण हुने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले बताएका छन्।
यसका साथै, चालु आर्थिक वर्षमा समग्र दक्षिण एसियाको आर्थिक वृद्धि ६ प्रतिशत र आगामी वर्ष ६.१ प्रतिशत हुने समेत अनुमान गरिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८