काठमाडौं। कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका मंगलबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको हो। कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार भारतमा लोकसभा निर्वाचन हुने भएकाले नाका बन्द गर्न लागिएको हो।
मंगलबार साँझ सवा ५ बजेदेखि मतदान नसकिउञ्जेलसम्म नेपाल(भारत सीमा नाका पूर्ण रूपमा बन्द हुनेछन्। स्वास्थ्य सेवाका लागि भने नाका खुला नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८