काठमाडौँ। लन्डनबाट सिङ्गापुरका लागि उडेको विमान आँधीमा फस्दा एक जना यात्रुको मृत्यु भएको छ। अन्य ३० जना घाइते भएका छन्।
सिंगापुर एयरलाइन्सको यो विमान पनि हवाई आँधीमा फसेको बताइएको छ। सिङ्गापुर गइरहेको यो उडानलाई आकस्मिक रुपमा बैंककमा अवतरण गर्नु परेको थियो। सो बोइङ ७७७–३०० ईआर विमानमा कुल २११ यात्रु र १८ चालक दलका सदस्य सवार रहेको सिंगापुर एयरलाइन्सले जनाएको छ।
सिङ्गापुर एयरलाइन्सले मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ। हवाई आँधीलाई एयर टर्ब्यूलेन्स भनिन्छ। हवाई आँधीमा विमान फसेर यात्रीहरुलाई चोटपटक लागेको घटनाहरु धेरै सुनिने गरिन्छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८