ललितपुर। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत नरिवल खसाल्ने दिन आज (बुधबार) ललितपुर महानगरले सार्वजनिक बिदा दिएको छ।
परम्परादेखिको धार्मिक महत्त्वको दिन र नगरबासीको उल्लेख्य उपस्थिति हुने भएकाले ललितपुर महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको जनाइएको छ। रथयात्रा अन्तर्गत शुभ मुहूर्त्तमा थती टोलमा मच्छिन्द्रनाथको रथको टुप्पोबाट नरिवल खसालिन्छ।
गत वैशाख १८ गते बसेको महानगरपालिकाको कार्यपालिका बैठकले मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत नरिवल खसाल्ने दिन स्थानीय बिदा दिने निर्णय गरेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८