काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा विधेयक, निजामती विधेयकलगायत सदनमा विचाराधीन एवं निर्माण गर्नैपर्ने करिब दुई दर्जन नयाँ ऐन तर्जुमा गर्ने बताएका छन्।
आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन्। उनले भने नागरिक प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउँछौँ, सार्वजनिक सेवा–प्रवाहको गुणस्तर र प्रभावकारिता बढाउनेछौँ, विद्यालय शिक्षा विधेयक, निजामती विधेयकलगायत सदनमा विचाराधीन एवं निर्माण गर्नैपर्ने करिब दुई दर्जन नयाँ ऐन तर्जुमा गर्नेछौँ।
उनले सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित बसोबासीका समस्या समाधान र हरेक कामलाई मर्यादित बनाइने पनि बताए। श्रमिकको हक, हित र कल्याण सरकारको प्राथमिकता हुनेछ, कार्य थलोमा हुने सबै प्रकारका विभेदको अन्त्य गरिनेछ, श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गरिन,’ उनले भने।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८