काठमाडौँ। श्रीजनशील लघुवित्त वित्तीय संस्थाले आगामी साउन ३२ गते वार्षिक साधारण सभा डाकेको छ।
सभा, विनायक होटल एन्ड बर्दिवास, महोत्तरीमा बिहान ११ बजेबाट सुरू हुनेछ। यस कम्पनीले लाभांश वितरण सम्बन्धी भने कुनै पनि प्रस्ताव पेश गरेको छैन। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ। सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नको लागि १ जना सञ्चालकको निर्वाचन हुनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८