काठमाडौँ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। श्रीलङ्ककाको कोलम्बोमा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो।
खेलमा पहिलो र दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट भने जितेको थियो। तेस्रो सेटको जितले खेलमा फर्कने संकेत गरेको नेपाल त्यसपछिको सेटमा पराजित हुन पुग्यो र अन्तत उज्वेकिस्तान विजयी भयो।
नेपालले उज्वेकिस्तानसङ पहिलो सेट १९–२५ले गुमायो भने खेलको दोस्रो सेट १४–२५ ले पराजित भयो।
यस्तै नेपालले तेस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्यो। तर, खेलको चौथो सेटमा नेपाल उज्वेकिस्तानसङ १५–२५ ले पछि पर्यो। प्रतियोगितामा नेपालको यो पहिलो हार हो। हिजो भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो।
यही असोज २६ गतेसम्म कोलम्बोमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८