काठमाडौँ। यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रू २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रू २२ करोड ८१ लाख ४७ हजार ८ सय दुई राजस्व सङ्कलन भएको यातायात व्यवस्था कार्यालय हेटौँडाले जानकारी दिएको छ।
उहाँका अनुसार चालु आ.व.को ३ महिनामा सवारी करबाट रू २ करोड ७४ लाख ६४ हजार नौ सय ५१, सवारी चालक अनुमतिपत्र वितरणबाट रू ७ करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट रू १२ करोड ४८ लाख २ हजार ५ सय ५३ तथा बेरूजुबाट रू ८ हजार २ सय ५० राजस्व सङ्कलन भएको छ।
यस्तै चालु आ.व.को सो अवधिमा मोटरसाइकल ५ सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पो/ई–रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी १ हजार ३ सय १३ नयाँ सवारी दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी २ हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ।
यस्तै सो अवधिमा १ हजार ५ सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७ नवीकरण प्रतिलिपी दिइएको जनाएको छ। सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रू ५६ करोड ७ लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने ४ हजार ३ सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८