मंसिर १२ । आइतबार नेपालमा थप १५८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको मन्त्रालयले जनाएको छ । कुल ३ सय ४२ जना संक्रमित निको हुँदा देशभर निको हुनेको संख्या ८ लाख २ हजार ३ सय ८९ पुगेको छ ।
संक्रमितमध्ये ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कोरोनाकै कारण २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५सय २३ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् भने १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८