मंसिर २८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको आरोप लगाएका छन् ।
संघीय संसदको बैठक बस्नुअघि रणनीति बनाउन मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दलका नेतासमेत रहेका ओलीले सत्तारुढ गबन्धन विदेशीको रणनीतिअनुसार देशमा अस्थिरता जारी राख्ने गरी अघि बढेको आरोप लगाए ।
मंगलबार दिउँसोदेखि चल्न लागेको संसदको हिउँदे अधिवेशन चल्न नदिने गरी आफ्ना सांसदलाई सम्बोधन गर्दै उनले एमालेमाथि सभामुखले अपराध गरेको भन्दै पार्टीले लिएको रणनीतिअनुसार प्रस्तुत हुन निर्देशन दिए ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले अपराध गरेको बताएका उनले निर्वाचन आयोग पनि एमाले विभाजनमा सहभागी भएको आरोप लगाए ।
देशलाई प्रतिगमनतिर जानबाट रोक्नुपर्ने भन्दै उनले भने, ‘देश अलिकति प्रतिगमनतिर गएको छ । रोक्नुपर्छ । देशमा प्रतिगामी सरकार छ । प्रतिगामी, दिशाहिन, फोहोरी र अपवित्र पाँच दलीय गठबन्धन छ । कांग्रेसको महाधिवेशन उद्घाटनमा सार्वजनिक अभिव्यक्तिले पनि देशलाई प्रतिगमनतिर लैजान खोजेको बुझिन्छ ।’
देशमा स्थायित्व, अग्रमन, विकास र समृद्धिलाई रोक्न अस्थिरता निम्त्याउन गठबन्धन सक्रिय रहेको भन्दै उनले यसका लागि एमालेविरुद्ध उनीहरू उत्रिएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८