मंसिर २९ । एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं दलका नेता केपी ओलीले पाँचदलीय गठबन्धन अनिष्टकारी भएको आरोप लगाएका छन् । अहिलेको पाँचदलीय गठबन्धन देशका लागि विनाशकारी र अनिष्टकारी भएको ओलीले वताएका हुन् । यस गठबन्धनले संसद्लाई संसद् नदिएको ओलीको आरोप थियो ।
ओलीले सभामुख सापकोटाको पनि आलोचना गरे । ‘मिडियाबाट असंवैधानिक काम भयो भनेर सभामुख बोल्छन् । मिडियाबाट धम्काउँछन् । गठबन्धनको एउटा नेता भन्छ, केपी ओलीलाई संसदबाट निकालिदिनुपर्छ । यिनीहरूको गुरिल्लापन्थी गएकै छैन,’ ओलीले भने, ‘सभामुख एक्सन लिन्छु भन्छन् । एक्सन लिएका मुद्दा पनि छन् । सभामुख बन्नै नपाउने मान्छे हुन् । अनेक मुद्दा छन् ।’
सापकोटा तत्कालीन नेकपामा ओलीको समेत समर्थनमा सभामुख भएका हुन् । ओलीले सर्वोच्च अदालतमा भएको आन्दोलनको पनि आलोचना गरेका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८