माघ २३ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा विवाद भएपछि सत्तारुढ गठबन्धन टुट्ने संकेत देखिएको छ ।
प्रधानमन्त्री देउवाले एमसीसी र स्थानीय तहको निर्वाचनको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेपछि प्रचण्ड असन्तुष्ट भएका हुन् ।
देउवा र प्रचण्डबीच भएको टेलिफोन वार्तामा एमसीसीको विषयमा असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । प्रचण्ड उनले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवासँग असन्तुष्ट भएको बताइएको छ ।
प्रचण्डले देउवासँग एमसीसी संशोधनविना पारित गर्न तयार नहुने अडानमा कायम रहेपछि देउवाले एमसीसी संशोधनका लागि अमेरिका नमान्ने र अन्य विकल्पमा अगाडी बढ्ने संकेत गरेपछि दुवै नेताबीच असन्तुष्टि बढेको बताइएको छ ।
एमसीसीलाई देउवा र प्रचण्डले लेखेको पत्र मिडियामा सार्बजनिक भएपछि अहिले राजनीतिमा नयाँ तरंग आएको छ ।
प्रचण्डले स्थानीय तहको निर्वाचन पछाडी लैजाने प्रयत्नमा प्रधानमन्त्री देउवाले साथ नदिएपछि असन्तुष्ट बनेका प्रचण्ड अब एमसीसीको पक्षमा पनि नलाग्ने बरु गठबन्धनबाट बाहिरिने रणनितिमा रहेको विश्लेषण गरिएको छ । एमसीसी र स्थानीय तहको निर्वाचनले शिर्ष नेताहरुमा विवाद बढेसँगै प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध विस्तार गर्न लागेका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८