बि.पी.भट्ट सिमरा । बारा क्षेत्र नं.४बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनु भएका संघिय सांसद कृष्ण कुमार श्रेष्ठ(किसान)ले जनता सँगको भेटघाट लाई तिब्रता दिनु भएको छ । बुधवार विहान बाराको जीतपुरसिमरा उ.प.न.पा.वडा नं.१०को नितनपुर टोल र वडा नं.२४को हरपुर टोलमा पुगेका सांसद श्रेष्ठले जनताको घर घरमा पुगेर जनताको अवस्था र समस्या बुझ्नु भएको हो ।
सांसद श्रेष्ठ सँग स्थानियहरुले बडादशैंको शुभकामना आर्दनप्रदान गर्नुको साथै छलफल समेत गरेको थियो । तराईका निर्वाचन क्षेत्रहरुमा आफुले मतदान गरेर सांसद बनाएका जनप्रतिनिधी लाई जनताले ५ बर्षपछि मात्र देख्न पाउने गर्दथियो । तर सांसद श्रेष्ठले त्यसको अन्त्य गरेको स्थानियहरुको प्रतिकृया दिएका छन् ।
जनताको समस्या बुझेर समस्या समाधानको लागी सरकार सँग पहल गर्नुनैं आफ्नो पहिलो जिम्मेवार भएको सांसद श्रेष्ठले बताउनु भयो । हामीले जनताको समस्या बुझेर जनतालाई सहज हुने गरी कानुनी निर्माण गर्नु पर्दछ सांसद श्रेष्ठले भन्नु भयो ।
स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकार किसान मुखी,जनता मुखी हुनु पर्ने र जनताको समस्या सामाधानको लागी अग्रसर भई जनताको हितमा काम गर्न सक्ने हो भने देश र जनताको स्तरमा आमुल परिवर्तन आउनेमा आफु विश्वस्त रहेको सांसद श्रेष्ठले बताउनु भयो ।
समय अनुकुल मिलाएर क्षेत्र नं.४ का प्रत्येक पालिकामा पुगेर जनतासँगको भेटघाट गर्ने आफ्नो कार्यक्रम जारी रहने सांसद श्रेष्ठले टुडे खबरलाई जानकारी दिनु भयो । सम्भवत देशभरी बाट निर्वाचित सांसदहरु मध्ये सबैभन्दा धेरै जनताको घरदैलो गर्ने सांसदको रुपमा संघिय सांसद कृष्ण कुमार श्रेष्ठ(किसान) चिनिन्छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८