काठमाडौं ।
युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभाबाट १५८० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुसार लाभाश पारित गरेको हो ।
युनिलिभरले लाभांश प्रतिफल र करपछिको नाफा १८३।४ करोड पुर्याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।
युनिलिभरले ३०औं वार्षिकोत्सव ‘हरेक घरमा, हरेक मनमा’ भन्ने नाराका साथ मनाइरहेको छ । साधारणसभामा युनिलिभर नेपालका अध्यक्ष देव बाजपेइले न्यून लगानी, जैविक विविधतामा देखिएको नकारात्मक असर, भू (राजनीतिक टकराव, सामाजिक ध्रुवीकरण र साइबर असुरक्षालाई बढी ध्यान दिएको बताए ।
युनिलिभर नेपाल व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनसाथ अघि बढ्ने क्रममा आगामी आर्थिक वर्षमा र त्यसभन्दा पछिका लागि भौगोलिक, मानव पुँजी, प्रविधि, समावेशिता र स्थायित्वमा देखापरेका व्यवधान हटाउँदै अघि बढ्न दृढ रहेको उनले स्पष्ट पारे ।
कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले करपश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४।२ करोडबाट बढेर १८३।४ करोड पुगेको जानकारी गराए । उनका अनुसार उक्त नाफा १० वर्षयताकै उच्च हो । युनिलिभर नेपालको ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीको छ भने १५ प्रतिशत सर्वसाधारणको रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८