काठमाडौँ । जहाज दुर्घटना भएको ११ महिनापछि यती एयरलाइन्सको अन्तिम (फाइनल) रिपोर्ट आएको छ । यती एयरलाइन्स दुर्घटना अध्ययन समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आफ्नो अन्तिम अध्ययन प्रतिवेदन बुझाएको हो ।
गत वर्ष माघ १ गते काठमाडौँ–पोखरा उडानका क्रममा रहेको यती एयरलाइन्सको एटीआर–७२ ९एन–एनएनसी जहाज पोखरा विमानस्थल नजिकै (सेतीको खोचमा) दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलसहित ७२ जनाकै मृत्यु भएको थियो ।
सो घटनाको यथार्थ र सत्यतथ्य छानबिन गर्न गठित छानबिन समितिले प्राविधिक नभएर मानवीय त्रुटिकै कारण घटना घटेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
उक्त दुर्घटनामा जहाजको दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । उक्त स्थितिमा जहाज मुभ हुन नसकी सिँधै भुईँमा बजारिन पुगेको प्रतिवेदनमा भनिएको छ । यसो हुनुमा चालकको गम्भीर गल्तीका कारण तत्काल जहाजलाई अप्रेसनमा लैजान नसकेको र अन्ततः दुर्घटनामा परेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८