काठमाडौँ । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ।
उक्त गीतको भिडियोमा आफ्नो सन्तानको ईच्छा रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छिन भन्ने यथार्थ चित्रण गरिएको छ।
गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेले गीतमा यथार्थ र बास्तबिकतालाई मिठो शब्दमा सृजना गरेकी छन। गीतमा संगीत येदीन गजमेर, एरेन्ज संजीव बराइली, मिक्सिङ मास्टरिङ कृष्ण कुमार महर्जनको रहेको छ।
गीतलाई गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतमा लोकप्रिय गायिका बानीका प्रधानले सुमधुर आवाज दिएकी छन्।
बास्तवमै गीत एकदम सुमधुर बनेको छ, गीत जत्तिकै मिठास भिडियोमा पनि हामीले उतारेका छौं भन्छन, भिडियो निर्देशक युवराज वाईबा, गीतको भिडियोमा छायांकन निश्चल पौडेल, सहायक निर्देशक नबिन बिष्ट, सम्पादन बिकाश दाहालको रहेका छन्।
भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन्। गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन्। भिडियोमा लोकप्रिय कलाकार रिचा थापा र सोनी लामाको मार्मिक अभिनय देख्न पाईन्छ। गीतको भिडियोलाई तरंग वेभ क्रियशनको यूट्यूब च्यानल मार्फत हेर्न सकिन्छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८