काठमाडौं। राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको छ।
तस्करी नियन्त्रण गरी राजस्व संकलन गर्ने क्रममा चालु आर्थिक वर्षको हालसम्म जम्मा चार अर्ब तीन करोड ४४ लाख ९६ हजार ५२९.४८ पैसा बराबरको राजस्व संकलन भएको जनाएको छ।
उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयनलगायत शीर्षकबाट संकलन भएको हो।
ती शीर्षकमा संलग्न सात हजार ६ सय ७९ जनालाई प्रहरीले कानूनी दायरामा ल्याई उक्त राजस्व संकलन गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार राज्यको कानून कार्यान्वयनका क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाहीलगायत कार्यबाट नेपाल प्रहरीले वार्षिक रुपमा ठूलो परिमाणमा राजस्व संकलन गर्दै आएको छ।
“लुकाई छिपाई भन्सार छली गर्ने, अवैध रूपले सामान भित्र्याउने जस्ता राजस्व चुहावटका क्षेत्रमा देखिएका समस्या भएको प्रवक्ता ढकालले बताए। यस्ता समस्याको समाधान गर्दै चेकजाँचमा कडाई गर्ने, आधुनिक प्रविधिको प्रयोग गर्ने, निगरानी र नियन्त्रणका उपायहरू अवलम्बन गरी प्रहरीले सक्रिय रूपमा काम गर्दै राजस्व संकलनमा योगदान दिएको र राजस्व चुहावट नियन्त्रणमा खटिएका सरोकारवाला निकायका कर्मचारीहरूसँग समन्वय तथा सहकार्य गरी नेपाल प्रहरीले काम गर्दै आएको छ।”
संकलित राजस्वमध्ये अवैध मालसमान बरामदीबाट १ अर्ब ३६ करोड ४४ लाख ३ हजार २५६ रूपैयाँ, ट्राफिक जरिवानाबाट १ अर्ब १० करोड ३६ लाख ४५ हजार ३५४ रूपैयाँ र फैसला कार्यान्वयनबाट १ अर्ब २ करोड ७८ लाख ३ हजार ५४३ रूपैयाँ सङ्कलन भएको भएको प्रवक्ता ढकालले जानकारी दिए।
चालु आर्थिक वर्षमा हालसम्म संकलित राजस्व तथ्यांकको विश्लेषण गर्दा राजस्व संकलन ६ अर्ब पाँच करोड १७ लाख ४४ हजार ७९४ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। जुन गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव १७ प्रतिशतले बढी हुने आंकलन गरिएको छ । उक्त रकम मासिक औसत ५० करोड ४३ लाख १२ हजार ६६ रुपैयाँका दरले हुन आउँछ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आठ महिनाको राजस्व संकलन गत आर्थिक वर्षको आठ महिनाको तुलनामा ५० दशमलव २८ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७८(७९ र आर्थिक वर्ष २०७९(८० को फागुन मसान्तसम्मको राजस्व संकलन दुवै आर्थिक वर्षको आठ/आठ महिनाको तुलना गर्दा १० दशमलव ४ प्रतिशतले राजस्व संकलनमा कमी आएको देखिन्छ।
यसैगरी, आर्थिक वर्ष २०७८(७९ को फागुन मसान्तसम्म दुई अर्ब ९९ करोड एक लाख ४३ हजार २४८ रुपैयाँ र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म चार अर्ब तीन करोड ४४ लाख ९६ हजार पाँच सय २९ रुपैयाँ बराबर राजस्व संकलन भएको देखिन्छ।
दुवै आर्थिक वर्षको आठ महिनाको राजस्व संकलन दर तुलना गर्दा ३५ दशमलव १८ प्रतिशतले वृद्धि भएको उनले बताए। ’वर्तमान गृहमन्त्रीज्यूको पद बहाली मितिभन्दा अगाडिको २२ दिन र पछाडिको २२ दिन अवधिको फैसला कार्यान्वयन बाहेकको राजस्व संकलनतर्फको तथ्यांक विश्लेषण गर्दा समग्रमा २४ दशमलव ५० प्रतिशतले राजस्व संकलन वृद्धि भएको र सीमा क्षेत्रमा नेपाल प्रहरीको सक्रियता बढेकै कारण राजस्व संकलन वृद्धि तथा चुहावट नियन्त्रणमा उल्लेखनीय योगदान पुगेको हो,’ प्रवक्ता ढकालले बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८