नेपाली युवा उद्यमी फोरम ( NYEF) ले आज आफ्नोे १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले ११ सदस्यीय नया कार्य समिती गठन गरेको छ ।
नवगठित समितिको अध्यक्ष पदमा काठमाडौंका युवा उद्यमी उदीप श्रेष्ठ सर्वसम्वत चयन भएका छन् ।
कोविड मुद्दालाई ध्यानमा राख्दै, १७ औँ वार्षिक साधारण सभा कार्यक्रम अनलाइन माध्यम बाट आयोजना गरिएको अध्यक्ष उदीप श्रेष्ठले वताएका छन् । सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने अध्यक्ष श्रेष्ठले बताए । “सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै कामगर्नुपर्ने छ”उनको भनाइथियो । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले युवाउद्यमीको प्रवद्र्धन गर्न आफू अहोरात्र खटिने बताए ।
यस्तै मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितिय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टर तर्फको उपाध्यक्षमा सुमोद मान शैजु, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशल सुन्दर श्रेष्ठ, लर्निंग अध्यक्षको रूपमा रिचा श्रेष्ठ र कोलर्निंगका रूपमा पवित्रा गौतम चुनिएका छन् भने सुदिप घिमिरे र कृष्ण सापकोटा सदस्यमा चुनिएका छन् । यस अघि प्रकाशदेव पालिखे मञ्चको अध्यक्ष थिए । अध्यक्षको कार्यकाल एकवर्षको हुनेछ । यस अवसरमा फोरमका निवर्तमान अध्यक्ष प्रकाश देव पालिखे सहित कार्यसमितिले उनीहरूको पदभार बुझायको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८