काठमाडौँ। नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरूका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ। सो अफर आज ९२०८१ असोज २० गतेदेखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागू हुनेछ।
यस अन्तर्गत रू ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।
यसैगरी डाटा प्याकेज अन्तर्गत रू १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रू १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रू २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रू ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ।
यही अफर अन्तर्गत रू ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।
आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट*1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८