काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरूप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धिको दिशामा अघि बढाउने दायित्व आफूहरूको भएको बताउँदै तदनुरूप प्रदेश सरकार क्रियाशील रहेको बताए।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक तथा जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी सहभागितामूलक र समतामूलक समाजको निर्माणको सङ्कल्प संविधानले गरेको स्मरण सन्देशमा गरेका छन्।
सन्देशमा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८