काठमाडौं , चैत २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधान विपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी बाँडफाँडका साथै केन्द्रीय सदस्य मनोनित गरेपछि आइतबार नेपाल समूहले आयोगमा पत्र लेख्दै त्यसलाई कार्यान्वयन नगर्न माग गरेको हो ।
नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले विधानविपरीत अध्यक्ष ओलीले गरेको निर्णय ओलीले गरेको निर्णय खारेज गर्नुपर्ने निष्कर्ष निष्कर्ष निकालेको छ । ‘हामी निवेदक नेकपा एमालेको २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशन बाट पार्टीको विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी र सदस्य हौं ।
सोही धारा बमोजिम केन्द्रीय कमिटीको निर्वाचन सम्पन्न भई सोही धाराको उपधारा ३ बमोजिम १० प्रतिशत सदस्यसमेत मनोनित भइसकेको अवस्था भएकोले हाल पार्टी विधान बमोजिम केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान रहेको छैन ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८