पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा अवस्थित स्टेनलेस स्टिल ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको छ । आज एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष श्री ध्रुवकुमार श्रेष्ठ ज्यूले उद्योगको उद्घाटन गर्नु भयो । उद्योगले आज बाट नै आफ्नो उत्पादन कार्य नियमित रुपमा सुरु गर्नेछ । भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एस. एस. ट्याङ्कीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र सुरु गरेको छ । नेपाल मै पहिलो पटक १०,००० लिटरको एस. एस. ट्याङ्की यस उद्योगबाट उत्पादन हुनेछ र यस उद्योगले २५० देखि १०,००० लिटर सम्मको भर्टिकल तथा होरिजन्टल एस. एस. ट्याङ्की उत्पादन गर्नेछ । उद्योगले वार्षिक ८०,००० वटा ३०४ तथा ३१६ ग्रेडका एस. एस. ट्याङ्की उत्पादन गर्नेछ । हाल काठमाडौं स्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्र मा निकासी गरिरहे कोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्रि गर्ने उद्देश्य राखेको जानकारी समूहकाउप–महाप्रबन्धक देवेन्द्र साहु ज्यूले गराउनु भयो ।
आजको कार्यक्रममा रुपन्देही क्षेत्रका उद्योगी व्यवसायी, भैरहवा विशेष आर्थिक क्षेत्रका प्रमुख, पञ्चकन्या समूहका कर्मचारी तथा अन्य व्यक्तित्व हरुको उपस्थिति रहेको थियो । पञ्चकन्या समूहले नेपालमा पहिलो पटक २०६९ साल देखि एस. एस. ट्याङ्की उद्योग सञ्चालन मा ल्याएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८