काठमाडौँ, चैत ३० । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ लाख ६९ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत ९आइतबार० चैत्र २९ मा भारतमा दोस्रो धेरै १ लाख ५२ हजार ६८२ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २१ लाख ५३ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख १ हजार ४५६ छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप ९०४ जनाको मृत्यु भएको छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ८९९ पुगेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८