काठमाडौं। महोत्तरीको मटिहानी नगरपालिका-६ मा आगलागीका कारण घरबारविहीन १५० परिवारलाई महालक्ष्मी विकास बैंकले राहत सामग्री वितरण गरेको छ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र बैंकको मधेश प्रादेशिक कार्यालयका प्रमुख सुदीपचन्द्र पोखरेलले जनकपुर शाखाका कर्मचारीको सहभागितामा शनिबार पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरे।
बैंकले ७५० केजी आँटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, १५० कार्टुन चाउचाउ लगायत सामग्री वितरण गरेको हो।
यो सहयोगले पीडित परिवारको आधारभूत आवश्यकता पूरा गर्न थोरै भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक र आर्थिक रूपान्तरणका लागि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
गत बुधबार लागेको आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८