काठमाडौं। काठमाडौं सहर विश्वकै बढी वायु प्रदूषित हुने सहरमध्ये दोस्रो स्थानमा परेको छ।
आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) १५९ पुगेको छ। आज सबैभन्दा धेरै थाइल्याण्डको चिंगमाई सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ। चिंगमाइको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७६ पुगेको छ।
तेस्रो नम्बरमा भारतको दिल्ली सहर छ। यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५७ पुगेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ।
वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले सजग रहन विज्ञहरुले आग्रह गर्ने गरेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८