काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको उल्लेख गर्दै लगानीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।
मन्त्री पुनले नेपाललाई आकर्षक गन्तव्यको रूपमा चिनाउनु नै सम्मेलनको मुख्य उद्देश्य भएको समेत बताए।
उनले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा भएका सुधार र कामबारे जानकारी गराउनु, लगानी सम्मेलनका लागि तयार भएका परियोजनाहरूसहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेकोमा जोड दिए।
नेपालको निमन्त्रणामा आएका अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आभार प्रकट गरेका मन्त्री पुनले सम्मेलनका क्रममा लगानीकर्ता र सरोकारवालाहरूबीच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको पनि बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८