काठमाडौं। खराब मौसमका कारण काठमाडौं-पोखराको उडान सेवा प्रभावित भएको छ।
वायु प्रदुषण बढेपछि पोखराको मौसममा ३ दिन देखी परिवर्तन भई भिजिविलिटी पर्याप्त नहुँदा काठमाडौंबाट पोखराका लागि हुने सबै उडान प्रभावित भएको हो।
हिजो (आइतबार) भने मौसममा केही अनुकुल हुँदा काठमाडौंबाट उडान भरेको बुद्द एयरले पोखरा अन्तर्राष्ट्रय विमानस्थलमा २ बजे सफल अवतरण गरेको थियो।
शनिबारको भन्दा आइतबार मौसममा केही सफा भएपछि जहाजले सफल अवतरण गरेका थिए। पोखराबाट उडान भर्नाका लागि १८ सय भिजिबिलिटी चाहिन्छ भने अवतरणका लागि ३ हजार ७ साय मिटर भिजिबिलिटी आवश्यक पर्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ दिनदेखी भिजिबिलिटी नपुग्दा सबै उडारहरू अवरूद्ध हुँदै आएका थिए भने गत शुक्रबार पनि ३० वटा उडानहरू अवरूद्ध भएका थिए।
यसका साथै आज (सोमबार) पनि खराब मौसमका कारण काठमाण्डौंबाट पोखराका लागि कुनै पनि उडाहरू हुन नसकेको श्रोतले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८