काठमाडौँ। संविधान दिवसको अवसरमा बागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण गरेका छन्।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशालाद्वारा संयुक्त रूपमा यहाँ आयोजित ह्वीलचियर वितरण कार्यक्रममा मन्त्री थापाले निःशुल्क कृत्रिम खुट्टा एवं ह्विलचेयर वितरण गरेका हुन्।
उनले ९ वटा कृत्रिम खुट्टा र ६ जनालाई ह्विलचेयर वितरण गरेका हुन्। कार्यक्रममा मन्त्री थापाले खुट्टा नभएकै कारण धेरै कष्ट भोग्नुपरेकाको लागि संविधान दिवसको अवसर परेर यस्तो सामग्री वितरण गरिएको बताए।
मन्त्री थापाले भने, “सहयोग सानै भए पनि प्रयोग गर्नेका लागि ठूलो र जीवन जिउन सहज हुन्छ। कृत्रिम खुट्टा वितरणले उहाँहरूको जीवन सहज हुने विश्वास लिएको छु, सामाजिक कार्य र स्वास्थ्यको विकासमा वागमती प्रदेश सरकार निरन्तर लागिरहन्छ।”
मारवाडी सेवा समिति र धर्मशालालगायत सङ्घ संस्थाको सहयोगमा निःशुल्क शव वाहन सञ्चालन गर्ने र विभिन्न अस्पतालमा प्रति छाक रू ४० मा खाना खुवाउने तयारी भइरहेको उनले बताए। अस्पतालमा बिरामीलाई शुद्ध पिउने पानीका लागि प्रदेश अस्पतालमा रू चार लाख बराबरको ‘वाटर प्युरिफायर’ राख्ने तयारी भएको मन्त्री थापाले जानकारी दिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८