वीरगञ्ज : पर्साको छिपहरमाई गाउँपालिकाको झलमैया टोल डुबानमा परेको छ । ओरिया खोलामा आएको बाढिका कारण गाउँपालिकाको वडा नं ३ डुबानमा परेको हो ।
करिब २ सय ५० घरधुरी रहेको झलमैया टोल पर्साको वीरगंजबाट करिब ३५ किलोमिटर पश्चिम–दक्षिणमा अवस्थित छ ।
ओरिया खोलाको बाढी गाउँमा पसेपछि टोलमा बसोबास गर्ने दर्जनौँ बासिन्दाहरुको घरमा २÷३ फिट सम्म पानी जमेको छ ।
जिल्ला विपद् समितिकी सदस्य एवम पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले गाउँमा डुवान भएको सम्बन्धमा आफूलाई पनि जानकारी आएको र सुरक्षाकर्मी पठाएर उद्धार तथा पानीको निकास गर्न निर्देशन दिएको बताईन् ।
यसैबिच लगातारका वर्षाका कारण ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका छन् ।
अविरल बर्षाका कारण ग्रामीण भेगबाट वीरगञ्ज तथा बाराको सिमरा जोड्ने जनता सडक, थरुहट सडक, हुलाकी सडक, बिरगंज ठोरी सडकखण्ड तथा पोखरीया लंगडी सडकखण्ड बिग्रेका कारण सिमरा स्थित सुर्य नेपाल कम्पनिमा सुर्ती पु¥याउन नसकेको किसानहरुले गुनासो गरेका छन् ।
वर्षाका कारण ग्रामीण सडकखण्ड हिलाम्य भएर सवारीसाधन आवागमन हुने अवस्था छैन ।
सडकहरु अवरुद्ध भएपछि ग्रामीण भेगमा उत्पादित सुर्ति सुर्य नेपाल कम्पनी सम्म पु¥याउन नसक्दा किसानहरु चिन्तित भएका छन् ।
किसानको ठूलो परिश्रमबाट उत्पादन गरिएको सुर्ती समयमा बिक्रि नहुँदा विक्रीका लागि तयारी अवस्थामा रहेको सुर्तीमा ढुसी लागेर कुहिन सक्ने सम्भावना बढि भएको हुँदा किसानहरु समस्यामा परेको स्थानिय कृषक सुर्य थिङ्गले बताउनुभयो ।
ठोरी गाउपालिका वडा नं ४ को मेल चौक, बिशाल चौक, निर्मलबस्ती, वडा नं ३ को बह्रमानगर, रामनगर, बुद्धनगर, ओडारका किसानले उत्पादन गरेका सुर्ती चलान हुन नसकेको थिङ्गले बताउनुभयो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८