काठमाडौं । पछिल्लो २४ घण्टामा ५२५ कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५२५ संक्रमित थपिएको बताए ।
योसँगै कुल कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् । हालसम्म १६ हजार ८३७ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ८३ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८