काठमाडौं। भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। संघीय संसदको तल्लो सदनका लागि आज १२ राज्य र केन्द्रशासित एक प्रदेश गरी कुल ८९ सिटका लागि चुनाव हुन लागेको हो।
आजको चुनावमा एक हजार दुई सय १० उम्मेदवार चुनावी मैदानमा छन्। आजको चुनावमा कंग्रेस नेता राहुल गान्धी उम्मेद्वार बनेको केरलाको वायनाड निर्वाचन क्षेत्रमा मतदान हुनेछ।
केरलका सबै २० सिटका लागि आज मतदान हुनेछ। आज हुने मतदानले राहुल गान्धीसँगै कंग्रेस नेता शशि थरुर, लोकसभाका सभामुख ओम बिडला, चर्चित टीभी सिरियल रामायणका ‘राम’, अरुण गोबिलका साथै अभिनेत्री हेमा मालिनी लगायतको भाग्य निर्धारण गर्नेछ।
अरुण गोबिल र हेमामालिनी भाजपाबाट उम्मेद्वार बनेका हुन् । पहिलो चरणअन्तर्गत अघिल्लो शुक्रबार २१ राज्य र केन्द्रशासित प्रदेशका एक सय दुई सिटका लागि मतदान भइसकेको छ।
सात चरणमा हुने निर्वाचन जुन एकमा सकिनेछ। जुन ४ देखि एकैसाथ सबै क्षेत्रको मतगणना गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८